ताप्लेजुङ पहिरो अपडेट : बेपत्ता दुई जनाको शव फेला
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गएराति वर्षासँगै घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका सिरिजङ्घा गाउँपालिका–७ खेबाङका दुई जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार, पहिरोले पुरिएर बेपत्ता तुलसा अधिकारी र यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुबै जनाको शव आज (शुक्रबार) बिहान पहिरोले पुरिएको अवस्थामा फेला परेको हो ।
