हेटौंडाबाट मिर्चैयातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा गुप्ताको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १६:२३

धनुषा । धनुषाको मिथिला नगरपालिका ५ औरही पुलमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट मिर्चैयातर्फ जाँदै गरेको ना ७ ख ९०३१ नम्वरको ट्रकले विपरित दिशातर्फ आउँदै गरेको ना ५९ प ७४ ६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट घर भएका कृष्णप्रसाद गुप्ता रहेका छन् । गुप्ता सशस्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी नायव निरीक्षक हुन् ।

प्रहरीका अनुसार, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।