आँबुखैरेनीमा भासिएर अवरुद्ध सडक एकतर्फी संचालनमा
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याम नजिकै सडक भासिए अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको छ । शुक्रबार बिहानै भासिए अवरुद्ध भएको सडक दिउँसोबाट एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी संचालनमा आएको हो । ठूला सवारी साधनलाई भने प्रवेश गर्न दिएको छैन । सडक भासिँदा बा १० च ४६७९ नम्वरको कार, ग १५ प २९५३ नम्वरको मोटरसाइकल, बा ३३ प १०८१ नम्वरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
