पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात संचालन

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १६:४८
file photo

मुग्लिन । बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात संचालनमा आएको छ । बुधबार राति परेको वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात १ बजेदेखि संचालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, जिल्लाको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो ।

यस्तै, इच्छाकामना–४ स्थित नाग्दीखोला र इच्छाकामना–५ स्थित कालिखोलामा बुधबार राति ११ः१५ बजेदेखि पहिरो खसेका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौबिसे सडक दुईतर्फी संचालनमा आएको छ ।