हेटौंडा–११ मा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सिमल्टारमा बिहीबार आवासको अधिकारसम्बन्धी सरोकारवालाहरुबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रिया कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको मानव अधिकार समूहको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेशको आयोजनामा भएको हो ।

कार्यक्रम इन्सेक बागमतीको संयोजक चन्द्रवती पनेरु अधिकारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सरोकारवालाहरुले नापी, लालपूर्जा, खानेपानी जस्ता अत्यावश्यक विषयको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर, पूर्व अध्यक्ष तथा माओवादी केन्द्र हेटौंडा–११ का अध्यक्ष देवकृष्ण थोक्कर, दुईवस्ती खानेपानी संस्था हेटौंडा–११ का अध्यक्ष देवकुमार श्रेष्ठ, इन्सेक सहजकर्ता सलिना गौतमलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

