सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ मा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तुको शिवराज नगरपालिका ९ बस्ने २४ वर्षीय छतिराम थारु र उनको नातामा भिनाजु पर्ने २३ वर्षीय राम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा छतिराम चिप्लिएर सेफ्टी ट्याङ्कीमा खसेपछि राम निकाल्न गएका थिए । उनको पनि डुबेर मृत्यु भएको हो । प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगले दुबै जनाको शव निकालेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
