‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्छौँ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र संघको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्ने बताएका छन् ।
प्रदेशव्यापी रुपमा पार्टीले सञ्चालन गरिरहेको जनता माझमा राप्रपा नेपाल अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम पुगेका अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत् आफनो पार्टी गाई चुनाव चिह्नका लागि सर्वोच्चसम्म जानेसमेत बताए । त्यस्तै, थापाले चुनावमा तालमेल गर्ने विषयमा आफूहरु जुनसुकै विकल्पमा खुला रहेको र एजेन्डा मिल्ने कोहीसँग पनि तालमेल हुन सक्ने बताएका छन्। उनले विगतमा पनि नेकपा एमालेसँग तालमेल भएकोले यसपटक पनि तालमेल हुनसक्ने सम्भावना बढी रहेको बताए।
