मंगलबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले गिरावट आएको छ । सोमबार १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको नेप्से परिसूचक मंगलबार ४५.५९ अंकले घट्न पुगेको हो ।
आज पनि नेप्से परिसूचक ४५ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् ।



