प्रतिनिधिसभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार ०९:३२

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे बस्ने भएको हो । सो बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ ।