भारतमा ४२५७ जनामा कोारेना संक्रमण पुष्टि

एजेन्सी
२०७९ जेष्ठ २२, आईतवार ०९:३३
file-photo

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २५७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो । यस्तै, भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् । यीमध्ये ४ करोड २६ लाख संक्रमणमुक्त भएका छन् भने ५ लाख २४ हजारको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ६९१ रहेका छन् ।