रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार ०८:२९

रुपन्देही । रुपन्देहीमा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे रहेका छन् ।

दुर्घटनामा मृत्यु भएका अन्य ५ जनाको भने सनाखत गर्ने प्रयास भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । उक्त बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।