हिमपहिरोमा परेर बोहराको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १५:३३

धनगढी । बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका –१ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परेर बोहराको मृत्यु भएको हो । उनीसँग रहेका अरू भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।