बागमती प्रदेशसभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार ०८:३३

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । उक्त बैठक बिहान ८ बजेका लागि आह्वान गरिएको भएपनि केही समय ढिला गरी सुरु भएको हो ।

प्रदेशसभाको दशौं अधिवेशन बैठक अन्तरगत बस्ने उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको यसअघि बुधबार बसेको बैठकमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दल गरी २० जना प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत जेठ १६ गते बसेको संसद बैठकमा आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेक थिए ।