नेप्से परिसूचक ७ अंकले घट्दा १ अर्ब ७ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको नेप्से बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको छ ।
आज कूल ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार ८२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको थियो ।
आज हाईड्रोपावर, फाइनान्स कम्पनी र विकास बैंक समुहको मूल्य केही बढेपनि अन्य सबै सूचांकहरु राताम्मे हुन पुगेका छन् । जसबाट शेयर बजारमा निराशा छाउन पुगेको छ ।



