बाघको आक्रमणबाट महिलाको मृत्यु
चितवन । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट राप्ती नगरपालिका वडा नम्वर १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया सोतीमाया तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटना लगत्तै अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरी टोलीले शव जाँच गरी मुचुल्का तयार गरेको छ ।
