बागमती प्रदेश नीति तथा कार्यक्रम : प्रदेश संचार प्राधिकरण स्थापना गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश संचार प्राधिकरण स्थापना गर्ने भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।
प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताए । त्यस्तै, प्रदेश भित्र संचालित संचार गृहलाई प्रदेशमा नै दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए ।
