रुखबाट लडेर एकको मृत्यु
रोल्पा । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । रुखबाट लडेर जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी १६ वर्षीय थलराज वलीको मृत्यु भएको हो । उनको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको थिए । घाइते उनको गएराति नै मेडिकल कलेज कोहलपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
