बागमती प्रदेश : कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारीको माग
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकैपटक ६३ जना कर्मचारीको माग गरेको छ । मन्त्रालयले शुक्रबार नागरिक दैनिकमा सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी एकैपटक ६३ जना कर्मचारी माग गरेको हो ।
मन्त्रालयले अधिकृत सातौं स्तरका ३० जना र सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी मात्र गरेको हो । जसमा पशुसेवा अधिकृत सातौ स्तरका २० जना, कृषि विकास अधिकृत सातौ स्तरका १० जना र पशुस्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौका ३३ जना कर्मचारी माग गरिएको हो ।
प्रदेशको मन्त्रालय, निर्देशनालय र जिल्ला स्तरका कार्यालयमा पशु र कृषि प्राविधिको अभाब भएकाले कर्मचारी मागको प्रकृया अगाडि बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले जानकारी दिए ।
