नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने माओवादीको निर्णय

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १५:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई यही जेठ १८ र १९ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार, उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने छन् । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।