काठमाडौं मतगणना : बालेनलाई २० हजारको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायमै राखेका छन् ।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ३४ हजार १८० मत र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई ३३ हजार ६ सय ९ मत प्राप्त भएको छ । १ देखि १२ र १८ देखि ३२ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ भने हाल १३ देखि १७ नम्वर वडाको मतगणना जारी छ ।
