मंगलबार दोहोरो अंकले बढ्यो शेयरबजार

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:२२

काठमाडौं । आज साताको तेस्रो एवम् शेयर कारोबारको दोस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले बढेको छ । स्थानीय तहको निर्वाचनपछि लगातार ओरालो लागेको शेयरबजारमा आज केही सुधार आएको हो ।

मंगलबार शेयरबजार ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । आज नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको छ । नेप्से बढेसँगै १३ उपसूचकमध्ये आज ११ सूचक चम्किएको छ भने बाँकी ब्यापार र म्युचुअल फण्ड समूह घट्न पुगेको छ ।