हेटौंडा ११ का नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १८:३५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का नवनिर्वाचित अध्यक्ष तथा जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष जुना दाहाल, सदस्यहरु क्रमशः संजय विडारी, महिला सदस्य गोपिनी सापकोटा र दलित महिला सदस्य गीता सुनारलगायतले पदभार ग्रहण गरेका हुन् ।

पूर्व अध्यक्ष गोकर्णप्रसाद पराजुलीलगायतले आफ्नो पदभार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुम्पदै विकासको काममा कुनै पनि दल नहेरिकन निष्पक्ष ढंगले जनताको सेवा गर्न सुझाव दिए । वडाका केही स्थानहरुमा खानेपानी, स्वास्थ्य रोजगारको समस्याहरु छन्, त्यसलाई पनि प्राथमिकतामा राखेर काम गर्न प्रर्व अध्यक्ष पराजुलीले अध्यक्ष दाहाललाई अनुरोध गरे ।

यसैगरी, पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दाहालले निष्पक्ष ढंगले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य विकासको कार्यलाई सबैको सल्लाह र सुझाव अनुसार गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा एमाले नेता रामेश्वर राना, सन्तोष चौलागाई, आरसी न्यौपाने, सुमित्रा काफ्लेलगायतको उपस्थिति रहेको थियो ।