स्थानीय तह निर्वाचन : एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १८:०४
file-photo

काठमाडौं । निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका साढे ११ जना उम्मेदवार विजयी भएको जनाएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा गरी हालसम्म एमालेका ११ हजार ५९७ निर्वाचित भएका हुन् ।

आयोगले बैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् । तीमध्ये एमालेका उनीहरु निर्वाचित भएका हुन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जनाले विजयी हाँसल गरेका छन् । आयोगका अनुसार, अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ ।