आज नेप्से ३४ अंकले घट्यो

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १६:३५

काठमाडौं । आज साताको दोस्रो दिन मंगलबार शेयर बजारमा गिरावटमा आएको छ । आज नेप्से ३४ दशमलव २१ अंकले घटेर इन्डेक्स २२००.८८ विन्दु तल झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९६ लाख १३ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से १ दशमलव ५३ अंकले घटेसँगै नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक बीमा समुहको उच्च घट्न पुगेको छ । आज जीवन बीमा समुहको २८५ दशमलव ८८ रुपैयाँ र निर्जिबन बीमा समुहको १६३ दशमलव ७९ रुपैयाँले घटेको छ ।