लागूऔषधसहित हेटौंडाबाट लो पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १५:११

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध कोरेक्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मकवानपुरगढी–४ घर भएर हाल हेटौंडा–१, स्वर्गलोकस्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले लो बस्ने डेराको खाट मुनी लुकाएर राखेको ३३ बोतल अबैध लागूऔषध कोरेक्ससहित उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।