ट्याक्टरको ठक्करबाट भारतीयको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १०:२२
सांकेतिक तस्वीर

रौतहट । रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । गएराती जिल्लाको देवाही गोनाही नगरपालिका धरहरी गोनाही सडकखण्डमा बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत बिहार घोडसहनका जितेन्द्र साह कलवार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कलवारको गरुडा स्थित ग्रण्डी होस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको जनाइएको छ ।