बालुवाटारमा शीर्ष नेताबीच छलफल
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । बैठक सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल गर्न बसेको कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए ।
बैठकमा शीर्ष दलका नेताहरुले यही जेठ १० गते पेश हुने नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरु समेट्न सुझावहरु दिएको कांग्रेस नेता खड्काले बताए । अन्य विषयमा भने छलफल नभएको उनको भनाई छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम पेश गर्दैछिन् ।
