काठमाडौं मतगणना : बालेनको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेको छ । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार, बालेनले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेका हुन् ।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छिन् । सिर्जना सिंहलाई २२ हजार ७२ मत प्राप्त हुँदा एमाले उम्मेदवार केशव स्थापितलाई २१ हजार ५७१ मत प्राप्त भएको छ । सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् । स्वतन्त्र उम्मेदवार बालेन कांग्रेसकी सिर्जनाभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।
