हेटौंडाको ताजा मत परिणामः मीनाको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १५:५७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,८, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने हेटौंडा ९, १०, ११, १२ र १३ नम्वर वडाको  मतगणना जारी रहेको छ ।

हेटौंडा उपमहानगरपालिकामा कूल १ लाख ४ हजार ४७३ मतदाता रहेकोमा ७३ हजार ४१४ जनाले मतदान गरेका थिए । तीमध्ये हालसम्म ६९ हजार ६९६ मत गणना हुँदा मेयर पदमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले सबैभन्दा धेरै मत प्राप्त गरेकी छिन् । लामाले २१ हजार ९९३ मत प्राप्त गरेकी हुन् ।

यस्तै, मेयर पदमा उम्मदेवारी दिएका नेकपा एमालेका अनन्त पौडेललाई १९ हजार ९१६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंहलाई १९ हजार ३९३ मत प्राप्त भएको छ ।