हेटौंडा १३ को ३३९६ मत गन्दा अनन्तभन्दा दोब्बर मतले मीना अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १३:४३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४५६ मत ल्याएका हुन् ।

त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ५८९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६७७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ३४१ मत, एमालेकी सुमित्रा काफ्लेलाई ८७८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३०२ मत प्राप्त भएको छ ।

त्यस्तै,वडा अध्यक्ष पदमा नेकपा एमालेका पेम्‍बा लामालाई १ हजार १०७ मत, नेपाली कांग्रेसका आईमान सिं मुक्तानलाई १ हजार ९१ मत, नेकपा माओवादी केन्द्रका वीर बहादुर गोलेलाई ८१० मत प्राप्त भएको छ ।