कुमारी मोक्तानकै वडामा कांग्रेस पहिलो, माओवादी तेस्रोे स्थानमा

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार ०८:२३
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ६९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ३३१ मत ल्याएका हुन् ।

त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ३०६ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ७१ मत, एमालेकी सुमित्रा काफ्लेलाई ६५५ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २२९ मत प्राप्त भएको छ । वडा अध्यक्ष पदमा नेकपा एमालेका पेम्‍बा लामालाई ७८९ मत, नेपाली कांग्रेसका आईमान सिं मुक्तानलाई ८९८ मत, नेकपा माओवादी केन्द्रका वीर बहादुर गोलेलाई ६९७ मत र राप्रपाका कुमार सिं वज्‍युलाई १४३ मतप्राप्त भएको छ ।

हेटौंडा १३ बागमती प्रदेशसभाका सदस्य एवम् सामाजिक विकास मन्त्री कुमारी मोक्तानको आफ्नै वडा हो । मोक्तानको आफ्नै वडा भएपनि माओवादी तेस्रो स्थानमा रहेको छ । मोक्तानको आफ्नै वडा भएपनि माओवादीका उम्मेदवार गोले तेस्रो स्थानमा रहेको छन् । पहिलो स्थानमा भने कांग्रेसका उम्मेदवार मुक्तान रहेका छन् ।