हेटौंडा १३ मतगणनाः कुमारी मोक्तानकै वडामा माओवादी तेस्रो

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १९:३१
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९३४ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले २५३ मत ल्याएका हुन् ।

त्यसैगरी, गठबन्धनकी मिना लामाले ९४१ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ८१२ मत, एमालेकी सुमित्रा काफ्लेलाई ४३२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १७८ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका पेम्‍बा लामालाई ५८१ मत, नेपाली कांग्रेसका आईमान सिं मुक्तानलाई ६४७ मत, नेकपा माओवादी केन्द्रका वीर बहादुर गोलेलाइ ४९३ मत प्राप्त भएको छ । हेटौंडा १३ बागमती प्रदेशसभाका सदस्य एवम् सामाजिक विकास मन्त्री कुमारी मोक्तानको आफ्नै वडा हो ।