हेटौंडा ८ मा २६०० मत गणनाः कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ६०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ६२० मत ल्याएका हुन् ।
त्यसैगरी, गठबन्धनकी मिना लामाले ६९८ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार २२२ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार १५० मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ९१ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापाले १ हजार २८१ मत र एमालेका बोलबहादुर कार्कीले १ हजार १९५ मत ल्याएका छन् ।
