हेटौंडा ८ मा १८०० मत गणनाः वडामा थापाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ८०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४१७ मत ल्याएका हुन् ।
त्यसैगरी, गठबन्धनकी मिना लामाले ४७९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७०४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ८४४ मत, एमालेकी सुमित्रा काफ्लेलाई ८०२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ६२ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापाले ८६९ मत र एमालेका बोलबहादुर कार्कीले ८३६ मत ल्याएका छन् ।
