हेटौंडा ४ मा ४३४७ मत गणनाः सिग्देल अघिअघि, पौडेल पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार ३४७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ७७३ मत ल्याएका हुन् ।
त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ११५ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २ हजार १५८ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार २३७ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ५७६ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा एमालेका नविन सिग्देलले १ हजार ८१३ मत, गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार ७७७ मत र राप्रपापाका उम्मेदवारले ४७५ मत पाएका छन् । वडा अध्यक्ष पदमा सिग्देलले ३६ मतले गठबन्धनका पौडेललाई पछाडी पारेका छन् ।
