हेटौंडा १२ को १००० मत गणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार ०९:३९

मकवानपुर । स्थानीय तह निर्वाचन– २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । वडा नम्वर १२ को मतगणना भइरहेको छ । हालसम्म १ हजार मत गणना गर्दा मेयर पदमा गठबन्धनकी मीना लामालाई ४४५ मत, एमालेका अनन्त पौडेललाई २०१ मत र राप्रपाका दीपकबहादुर सिंहलाई २०० मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई ४७५ मत, एमालेकी सुमित्रा काफ्लेलाई २४२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ७४ मत प्राप्त भएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेकपा कांग्रेसका अर्जुनप्रसाद तिवारीलाई ३२१ मत, नेकपा माओवादीका ललितबहादुर घलान २८७ मत, नेकपा एमालेका राजेश नगरकोटीलाई २६४ मत र राप्रपाका सरन सिं थिङलाई ४५ मत प्राप्त भएको छ ।