हेटौंडा ८ मा १३०० मतगणना : मेयरमा पौडेल, वडामा थापा अगाडि
मकवानपुर । स्थानीय निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ८ को पनि मतगणना सुरु भई हाल जारी रहेको छ । हालसम्म १ हजार ३०० मतगणना भएको छ । सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई ५२१ मत, गठबन्धनकी मीना लामालाई ३४७ मत र राप्रपाका दीपकबहादुर सिंहलाई ३११ मत प्राप्त भएको छ ।
त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई ६३० मत, एमालेकी सुमित्रा काफ्लेलाई ५८४ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ४१ मत प्राप्त भएको छ । त्यस्तै वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार रामकृष्ण थापालाई ६३६ मत र एमालेका उम्मेदवार बोलबहादुर कार्कीलाई ६०७ मत प्राप्त भएको छ ।
