हेटौंडा ८ को १०० मतगणना : मेयरमा गठबन्धन र राप्रपाको मत बराबर

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १७:२१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंह र गठबन्धनकी मीना लामाले बराबरी मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, हेटौंडा–८ को १०० मत गन्दा सिंह र लामाले ३१/३१ मत प्राप्त गरेका हुन् । यस्तै, मेयर पदमा नेकपा एमालेका अनन्त पौडेलले २८ मत प्राप्त गरेका छन् । यसैगरी, उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेलाई ३३ मत, गठबन्धनका राजेश बानियाँलाई ५४ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवारले ६० मत, एमालेका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् ।