हेटौंडा १७ को अध्यक्षमा उद्धव सत्याल विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १६:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार, वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । सत्याल १ हजार ३१४ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर खुलालले १ हजार १३६ मत, नेकपा माओवादी केन्द्रका चुडामणि रुपाखेतिले ८८० मत र राप्राका हरिबहादुर राउतले १९६ प्राप्त गरेका छन् । यसैगरी, महिला वडा सदस्यमा एमालेकी लेखकुमारी तिमल्सिना (१२६३), दलित महिला सदस्यमा कांग्रेकी उर्मिला चुनारा (१२९३), खुल्ला सदस्यमा क्रमशः कांग्रेसका कृष्णबहादुर अधिकारी (१३२०) र नवराज न्यौपाने (१५५३) निर्वाचित भएका छन् ।