हेटौंडा ४ मा रोचक प्रतिस्पर्धा : मेयरमा राप्रपा अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को २ हजार ७०२ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ६३८ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ७०२ मत पाएकी छिन् ।
त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १ हजार १०२ मत पाएका छन् । सिंहले गठबन्धनकी लामालाई ४०० मतले पछाडि पारेका छन् ।
उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ७७२ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाले १ हजार ३५६ मत पाएका छन् भने राप्रपाकी इन्दिरा डल्लाकोटीले ३६२ मत पाएकी छिन् ।
यसैगरी, वडा अध्यक्षमा एमाले नविन सिग्देलले १ हजार १४४ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार ८६ मत पाएका छन् । सिग्देल पौडेलभन्दा ८२ मतले अगाडि छन् । त्यस्तै राप्रपाका उम्मेदवारे २९८ मत ल्याएका छन् ।
