हेटौंडा १७ मा ३०२९ मतगणना : मेयरमा राप्रपा, उपमेयरमा गठबन्धनको अग्रता

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १०:२९
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ९६९ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले ९२० मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले ८७९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ८२० मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार २४७ मत, एमालेकी सुमित्रा काफ्लेलाई ८८२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २४१ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १ हजार ३७ मत, एमालेका उम्मेदवारले ८९७ मत, नेकपा माओवादीका उम्मेदवारले ६६२ मत र राप्रपाका उम्मेदवारले १५२ मत प्राप्त गरेका छन् ।