हेटौंडा १७ मा ४०० मत गन्दा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म ४ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १३७ मत प्राप्त गरेकी छन् ।
यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १२३ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ८९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १७९ मत, एमालेकी सुमित्रा काफ्लेलाई ५८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २३ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १४५ मत, एमालेका उम्मेदवारले ९५ मत, नेकपा माओवादीका उम्मेदवारले ११३ मत र राप्रपाका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।
