हेटौंडा १८ मतगणना अपडेट : अनिल बानियाँको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को ३ हजार २११ मत गणना हुँदा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले अग्रता कायम गरेकी छन् । लामाले १ हजार १२० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ८८ मत पाएका छन् ।
त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले १ हजार २७८ मत प्राप्त गरेकी छन् भने गठबन्धनका राजेश बानियाँले १ हजार ४७१ मत प्राप्त गरेका छन् । यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँले १ हजार ५२६ मत र गठबन्धनका रामबाबु बानियाँले १ हजार ३६४ मत प्राप्त गरेका छन् ।
