हेटौंडा ५ मा १०० मत गन्दा मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले ४१ मत प्राप्त गरेका छन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले २१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ५९, एमालेकी सुमित्रा काफ्लेलाई २६ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ९ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १९ मत, एमालेका उम्मेदवारले ६४ मत, राप्रपाका उम्मेदवारले ६ मत र धाराका उम्मेदवारले ५ मत प्राप्त गरेका छन् ।
