थाहा नगरपालिकाको १२४३६ मतगणना : कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार ११:०७

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म ११ हजार ४३६ मतगणना भएको छ । जसमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विष्णु विष्ट आदर्शले ५ हजार ५९० मत ल्याएका छन् ।

यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार अचुतम प्रसाद ढकालले ४ हजार १४९ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार शुभराज गोलेले २१३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार बसुन्धरा पुडासैनीले ९२ मत, मंगोल नेशनल अर्गनाइजेशनका उम्मदेवार राजकुमार गोलेले ७१ मत र नेपाली कांग्रेस (वी.पी) का उम्मेदवार बिरबहादुर भोम्जनले ६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरतर्फ गठबन्धनका भरत गोपालीले ४ हजार ९६५ मत पाएका छन् भने एमालेको कल्पना वलामीले ४ हजार ६२५ मत र राप्रपाका उम्मेदवार नविन राइमाझीले १५५ मत प्राप्त गरेका छन् ।