हेटौंडा ३ मा ५०० मत गन्दा गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार ०७:२०
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १९६ मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १३१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०१ मत र मौलिक जरोकिलो पार्टीकी उम्मेदवार सृजना बर्तोलाले १४ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २५४, एमालेकी सुमित्रा काफ्लेलाई १४५, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २३ मत र मौलिक जरोकिलो पार्टीका सुनिल घिमिरे उम्मेदवारले १६ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले २३४ मत, एमालेका उम्मेदवारले १५५ मत, नेकपा माओवादीका उम्मेदवारले ८५ मत र राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरेका छन् ।