हेटौंडा १९ मा २२६९ मत गन्दा मिना लामा अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १८:३७

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म २ हजार २ सय ५९ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ८२३ मत ल्याएकी छन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६७३ मत र राप्रपाका दिपकबहादुर सिंहले ४०६ मत ल्याएका छन् । यसैगरी, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ९१८, एमालेकी सुमित्रा काफ्लेले ७८५ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ६६ मत पाएकी छन् ।

वडा अध्यक्षतर्फ एमालेको उम्मेदवारले ८२७ मत, कांग्रेसको उम्मेदवारले ६९८ मत, माओवादी केन्द्रको उम्मेदवार ५६९ मत र राप्रपाको उम्मेदवारले ४३ प्राप्त गरेका छन् ।