अपडेट : हेटौंडा १८ मा अनिल बानियाँको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को १ हजार ५७२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५७६ मत पाएका छन् ।
यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ५१७ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ३३७ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६७२ मत प्राप्त गरेकी छन् भने गठबन्धनका राजेश बानियाँले ७२४ मत प्राप्त गरेका छन् ।
यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँले ७७४ मत र गठबन्धनका रामबाबु बानियाँले ६७३ मत प्राप्त गरेका छन् ।
