हेटौंडा १९ मा १२७६ मतगणनाः कसले कति मत पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार २ सय ७६ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ४८० मत ल्याएकी छिन् ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ४१५ र राप्रपाका दिपकबहादुर सिंहले १६२ मत ल्याएका छन् । उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ४७८, एमालेकी सुमित्रा काफ्लेले ४७६ र राप्रपाबी इन्दिरा डल्लाकोटीले ३० मत पाएकी छिन् ।
वडा अध्यक्षतर्फ एमालेको उम्मेदवारले ४८१, कांग्रेसको उम्मेदवारले ३४९ मत, माओवादी केन्द्रको उम्मेदवार ३३५ मत र राप्रपाको उम्मेदवारले २५ मत प्राप्त गरेका छन् ।
