हेटौंडा मतगणना अपडेट : ५ हजार २६७ मत गन्दा मिना लामा अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ०७:३५
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ५ हजार २६७ मत गणना गर्दा एकीकृत गठबन्धन अग्रता कायमै हाँसिल गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना लामाले १ हजार ५८९ मत प्राप्त गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका अनन्तप्रसाद पौडेलले १ हजार ५५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले १ हजार ४१४ मत प्राप्त गरेका छन् । यसैगरी, हेटौंडा उपमहानरपालिकाको उपमेयर पदका उम्मेदवार गठबन्धनबाट राजेश बानियाँले २ हजार २६३ मत, एमाले तर्फबाट सुमित्रा काफ्लेले १ हवार ८९१ मत र राप्रपा तर्फबाट इन्दिरा डल्लकोटीले ३९० मत प्राप्त गरेका छन् । हाल वडा नम्वर १, २, १८ र १९ को मतगणना जारी रहेको छ